आमाको मुख हेर्ने दिन
काठमाडौं ११ बैशाख । वैशाख कृष्ण पक्ष औँसी अर्थात आमाको मुख हेर्ने दिन । जन्म दिने आमालाई सम्मान गरी मिष्ठान्न भोजन गराउने दिनका रुपमा यसलाई लिने गरिन्छ । छोराछोरीले बिहानै उठी आफ्नी आमालाई राम्रा राम्रा लुगा र मीठा मीठा–तागतिला खानेकुरा खान दिइ आशीर्वाद थाप्ने चलन चलिआएको छ । आमा नभएका ब्यक्तीहरुले भने तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराइ दिवङ्गत आमा र आमाले गरेका कष्टकर काम सम्झने गर्छन् । यसबर्ष भने कोरोनाको जोखिम कम गर्न लगाइएको लकडाउनले आवात जावतमा समस्या पारेको छ । लकडाउनका कारण विवाह भइसकेका चेलीबेटी भने आज फोनबाटै आमासँग कुरा गर्न बाध्य भएका छन् । यस्तै आमाको मुख हेर्ने औँसीका दिन दिवङ्गत आमाको सम्झनामा काठमाण्डौको मातातीर्थमा मेला लाग्ने गरेकोमा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न भएको लकडाउनको कारण स्थगित गरिएको छ । यस वर्ष स्थानीयवासीलाई पनि मातातीर्थमा नजान सूचित गरिएको छ । नगरपालिकाको सूचनाको अवज्ञा गरेमा अनुगमनमा खटिएका कर्मचारीले स्थलगत रुपमा सय रुपैयाँ जरिबाना गर्ने बताइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #आमाको मुख हेर्ने दिन
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्