सानेपामा प्रतिपक्ष दलहरुको बैठक
काठमाडौं १० बैशाख । सरकारले दुई अध्यादेश ल्याएपछि रुष्ट बनेका प्रतिपक्षी दलहरुको बैठक नेपाली कांग्रेसको पाटी कार्यालय सानेपामा बसिरहेको छ । प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारले जारी गरेको दुई अध्यादेशका विषयमा समान धारणा तय गर्न बिभिन्न दलहरुसंग छलफल गर्न लागेको हो । छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित समाजवादी पार्टी नेपाल, राजपा र राप्रपाका शीर्ष नेताहरुको सहभागिता रहेको छ । नेताहरुले प्रधानमन्त्री केपी ओलीले दुई वटा अध्यादेश हतारमा ल्याएर राष्ट्रपतिबाट जारी गराउनु गम्भीर गल्ती भएको टिप्पणी गरेका छन् ।
नेकपा बाहेक अरु दलले अध्यादेश फिर्ता लिन माग गर्दै विरोध गर्दै आएका छन् । नेकपाभित्र पनि अध्यादेशप्रति तीव्र असन्तुष्टि देखिएको छ । सरकारले संवैधानिक परिषद सम्बन्धी ऐनमा विपक्षी दलको नेताविनै निर्णय गर्न सक्ने र राजनीतिक दल सम्बन्धी ऐनमा पार्टी विभाजनको प्रावधान खुकुलो बनाउने गरी अध्यादेश जारी गरेको थियो । अध्यादेशबारे प्रतिपक्ष मात्रै होइन नेकपाभित्रै बिवाद देखिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #प्रतिपक्षी दल
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्