काठमाडौं उपत्यका छाड्नेको लर्को, भिडभाडले कोरोना जोखिम निम्त्याउँदै
काठमाडौं १० बैशाख । सरकारले कोरोना भाइरसको जोखिम कम गर्न लकडाउन गरेको एक महिना पूरा भएको छ । एक महिनादेखि सर्वसाधारण घरभित्रै बसिरहेका छन् । तर, लकडाउन कहिले खुल्ने भन्ने अन्यौलता देखिएपछि सर्वसाधारण काठमाडौं उपत्यका छोड्न दौडधुप गरिरहेका छन् ।
लकडाउन सुरु भएको केही दिन घरभित्रै बसेका काठमाडौं उपत्यका बाहिरका सर्वसाधारण पैदल यात्रा गरेरै घरपुग्न राजमार्गको बाटो तय गरे । बच्चा तथा झोला बोकेर राजमार्गमा हिडिरहेका दृश्यपछि बिभिन्न नाकामै सरकारको निर्देशनमा सुरक्षाकर्मी र स्थानीय तहले रोके । काठमाडौं उपत्यकामा मात्रै १२ लाख बढी परिवारलाई राहत बितरणको दाबी गर्ने स्थानीय तहलाई खानै नपाएको गुनासो गर्दे घर जान सडकमा निष्किएका सर्वसाधारणलाई जनप्रतिनिधिले नै सवारी साधानको जोहो गरी पठाउन थाले । त्यहि सुचना थाहा पाएपछि सर्वसाधारण हुलका हुल सडक तथा बिभिन्न चोेकमा जम्मा हुन थालेका छन् । लकडाउन लम्बिँदै जाँदा काठमाडौं उपत्यका छाड्नेको भीड यसरी नै लाग्न थालेको छ । हामी दुई दिन कोटेश्वर–जडीबुटी क्षेत्रमा पुग्दा विभिन्न जिल्लामा जाने यात्रुहरूको भीड नै थेगिनसक्कनुको थियो ।

अर्को नाका थानकोटमा पनि सर्वसाधारणको भिडभाड छ । उनीहरुको एउटै भनाई छ जसरी भएपनि हामीलाई घर पुर्याइदेउ । सरकारले देशभर लकडाउन गरेसँगै काठमाडौंमा समस्यामा परेका मजदुर लगायत मानिसहरू हिँडेरै घर जाने क्रम बढेको थियो । सवारीसाधनको व्यवस्था नहुँदा धेरै मानिस एक÷दुई सातासम्म लगातार पैदल हिँडेर घर पुगे । यसरी नागरिकले बेहोर्नुपरेको सास्तीप्रति सरकारले बेवास्ता गरेको भन्दै सर्वत्र आलोचना भएपछि सरकारले खुला रुपमा नभनेपनि स्थानीय तहसँगको समन्वयमा घर जान दिने केही लचिलो बनेको देखिन्छ । तर, सामाजिक दुरी कायम गर्नुपर्ने बेला देखिएको यो भिडभाडले कोरोनाको जोखिम निम्त्याइरहेको छ । घर जान गरिएको यो तछाड मछाडमा उनीहरुले कोरोनाको जोखिमको ख्यालै गरेको देखिदैन् । घर पठाउन पहल गर्ने जनप्रतिनिधि र जाने स्वयम् ब्यक्तीहरु पनि सजग र सर्तक नभए यो घर जानेहरुको लर्कोले कोरोना संक्रमणको खतरा ननिम्त्याउला भन्न सकिर्दैन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #उपत्यका छाड्नेको लर्को
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्