डब्ल्यूएचओ र अमेरिकी राष्ट्रपति ट्रम्पको तिक्तता
काठमाडौं ४ बैशाख । विश्व स्वास्थ्य संगठन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीचको बिबाद उत्कर्षमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ लाई दिँदै आएको रकम रोक्ने घोषणा बताएका थिए । अमेरिकाले डब्ल्यूएचओलाई हरेक वर्ष ४० देखि ५० करोड डलर रकम उपलब्ध गराउँदै आएको छ । भने चीनले मात्र ४ करोड डलर दिने गरेको छ । अमेरिकी राष्ट्रपतिले डब्ल्यूएचओलाई यति हुँदाहुँदै पनि चीनको पक्षमा काम गरेको आरोप लगाउँदै कोरोनाभाइरस संक्रमण रोक्नका लागि संगठनको भूमिका नखेलेको आरोप लगाउँदै आएका छन् । यहि भनाईलाई संगठनले भने ट्रम्पको निर्णयप्रति खेद जनाएको छ । उता अमेरिकी राष्ट्रपति ट्रम्प कोरोनाभाइरसमाथि ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनको फेरि विश्व स्वास्थ्य संगठनमाथि रिस पोखेका छन् । ट्रम्पले आफूले जे सोचेको ठ्याक्कै त्यस्तै भएको प्रतिक्रिया दिएका छन् । उनले कोरोनाभाइरसको संक्रमण रोक्न चीनका लागि अमेरिकी सीमा बन्द गर्ने घोषणा गर्दा निर्णयको व्यापक आलोचना गरिएको भन्दै आक्रोश पोखे ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #विश्व स्वास्थ्य संगठन
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्