विश्वभर कोरोनाकै कारण १ लाख २० हजारको ज्यान गयो
काठमाडौं २ बैशाख । विश्वभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या करिब १ लाख २० हजार पुगेको छ । केहीबेर अघिको तथ्याङ्क अनुसार १९ लाख २४ हजार भन्दा बढी संक्रमित भएका छन् । संक्रमण र मृत्यु दर अझै बढिरहेको छ । अहिलेसम्म ४ लाख ४४ हजार मानिस उपचारपछि निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ५ सय १३ जनाको मृत्यु भएको छ भने बेलायतमा ७ सय १७ जनाको ज्यान गएको छ । यस्तै, फ्रान्समा ५ सय ७४ र इटालीमा ५ सय ६६ जनाको मृत्यु भएको छ । सोही अवधिमा स्पेनमा ५ सय ४७ र बेल्जियममा ३ सय ३ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #१ लाख २० हजारको ज्यान गयो
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्