सरकार गम्भिर नभएको कांग्रेसको आरोप
काठमाडौं २५ चैत । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण रोक्न सरकार गम्भिर नभएको आरोप लगाएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले सरकार गम्भिर नबनेको आरोप लगाएको हो । कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोकथामका लागि सरकारको तयारीमा कांग्रेसले असन्तुष्टि जनाएको हो । बैठकले कोरोनाको संक्रमण रोक्न पार्टीको सम्पूर्ण संयन्त्रलाई क्रियाशील बनाउने र सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ ।उसले औषधि तथा स्वास्थ्य सामाग्री आपूर्ति प्रक्रियालाई पनि पारदर्शी नबनाएको पनि बताएको छ । कांग्रेसले स्वास्थ्य सामाग्री आपूर्तिमा भएको अनियमितताबारे छानविन गर्न समेत माग गरेको छ । त्यस्तै, कांग्रेसले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई उद्दार गर्न र नेपाली भूमिमा ल्याएर क्वारेन्टाइनमा राख्न माग गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #सरकार गम्भिर नभएको कांग्रेसको आरोप
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्