२ सय ९८ औं पृथ्वी जयन्ती मनाइदैं
काठमाडौं २७ पुस । आइतबार २ सय ९८ औं पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विक्रम सम्वत १७ सय ७९ पुस २७ गते जन्मिएका शाहले बाइसे चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । लोकतन्त्र आएपछि औपचारिक रुपमा राष्ट्रिय एकता दिवस मनाउन छाडिएको छ । लोकतन्त्रपछि गठन भएको सरकारले एकता दिवसको बिदा कटौती गरेको थियो । राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा बिभिन्न राजनीतिक दल तथा संघ संस्थाले शाहको सम्मानमा कार्यक्रम आयोजना गरेका छन् । विहान सिंहदरवारको पश्चिम ढोकामा रहेको शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । यस्तै, केही दलहरुले चियापान कार्यक्रम आयोजना गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ताजा खबर
- १बालेन शाहले माघ ४ गते मेयर पदबाट राजीनामा दिने
- २चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउँदै
- ३धनराज गुरुङले एक मिनेट बोल्ने बित्तिकै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
- ४विशेष महाधिवेशनबाट विद्रोह गरेको गगन थापाको जिकिर,दुवै महामन्त्रीका प्रतिवेदन पारित
- ५पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौंः विश्वप्रकाश शर्मा



तपाईको कमेन्ट लेख्नुहोस्