किन भए त कांस्रेस सभापति देउवा नरम
काठमाडौं २४ पुस । लामो समयदेखि नेपाली कांग्रेसभित्र देखिएको महाधिवेशन लगायतका विषयमा देखिएको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा नरम भएका छन् । असन्तुष्ट समूहको निरन्तरको दबाबपछि कांग्रेस सभापति शेरबहादुर देउवा निर्णय सच्याउन लचक भएको संकेत दिएका छन् । मंगलबार सभापति देउवाले सहमहामन्त्री डा. प्रकाशसरण महतलाई पार्टी कार्यालय पठाएर सहमतिको विन्दु खोज्ने प्रयास पनि गरे । बिहिबार जिल्ला सभापतिहरुलाई आफनो निवास बालुवाटारमा लन्चका लागि समेत बोलाएका छन् । पुस ११ गते पार्टीको केन्द्रीय समिति बैठकबाट बहुमतको निर्णयमार्फत पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको थियो । सभापति शेरबहादुर देउवा पक्षका केन्द्रिय सदस्यहरुको बहुमतले महाधिवेशनको मितिसँगै विभागको संख्या बढाउने, नेपाल तरुण दलको वर्तमान कार्यसमितिको अवधि ६ महिना थप्ने लगायतका निर्णय गरिएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले भने महाधिवेशनको मिति पर धकेलिएको, अनावश्यक रुपमा विभागको संख्या बढाइएकोलगायतका आरोप लगाउँदै निर्णय नमान्ने घोषणा गरेको थियो । तर, देउवा टसमस नभएपछि पौडेलले आफू निकट जिल्ला सभापतिहरुको भेला बोलाएका थिए । तीनदिनसम्म चलेको भेलाले देउवालाई दबाब दिएको बुझिएको छ । मंगलबार पार्टी कार्यालय ललितपुर सानेमामा भेला चलिरहेकै बेला देउवाले सहमहामन्त्री डा. प्रकाशसरण महतलाई पठाएर सहमतिको प्रस्ताव राख्न लगाएका थिए । नेपाली कांग्रेसको इतिहास हेर्ने हो भनेक यसअघिका सभापतिहरुको बेलामा पनि यस्ता विवाद नभएका होइनन । तर, जतिसुकै ठुलो विवाद भएपनि अन्तत सहमतीबाटै निर्णय भएको देखिन्छ । बहुमतबाट पार्टीको महाधिवेशनको मिति तोकिएको भनेको यो पहिलो पटक हो । त्यसैले पनि विवाद लम्बिदै गएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #किन भए त कांस्रेस सभापति देउवा नरम
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्