कहिले फेर्छन प्रधानमन्त्री ओलीले मन्त्री
काठमाडौं २५ कार्तिक । सरकार गठन भएको २० महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा जुटेका छन् । प्रधानमन्त्री सचिवालयका साथै मन्त्रिपरिषद् हेरफेर गर्नेबारे अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेपछि प्रधानमन्त्री ओलीले गृहकार्य सुरु गरेका हुन् । यही विषयमा छलफल गर्न उनले पार्टीको सचिवालय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको चाहनाअनुसार सचिवालयका सबै सदस्यले मंसिर १ देखि लागू हुने गरी राजीनामा दिने तय भइसकेको छ । मंसिर १४ को उपचुनावअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी रहेको बताइएको छ । अधिकांश मन्त्रीको कार्यसम्पादन औषत भन्दा माथि नउठेपछि प्रधानमन्त्रीले पूरै फेरबदल गर्न खोजिएको हो । मन्त्रीहरूको कार्यशैली चुस्त र प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता गरेपनि अपेक्षित परिणाम नआएकामा प्रधानमन्त्री असन्तुष्ट रहँदै आएका थिए । नेकपा अध्यक्ष समेत रहेका ओलीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्न पाटीभित्रैबाट पनि दबाब छन । मन्त्रीहरू फेर्ने कुरामा अर्का अध्यक्ष दाहालको पनि सहमति छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कहिले फेर्छन प्रधानमन्त्री ओलीले मन्त्री
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्