नवनियुक्त प्रदेश प्रमुखहरुले लिए पद तथा गोपनियताको शपथ
काठमाडौं १९ कार्तिक । नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा सातै प्रदेशका प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान एक समारोहबीच सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित थिए । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेका प्रदेश प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६३ को उपधारा २ बमोजिम नियुक्त गरेकी हुन् । नियुक्त भएका प्रदेश प्रमुखमा सोमनाथ अधिकारी प्यासी — प्रदेश १, तिलक परियार—प्रदेश २, विष्णु प्रसाईं—प्रदेश ३, अमिक शेरचन—गण्डकी प्रदेश, धर्मनाथ यादव—प्रदेश ५, गोविन्द कनौली —कर्णाली प्रदेश र शर्मिलादेवी पन्त सुदूर पश्चिम प्रदेश रहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रदेश प्रमुख
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्