प्रधानमन्त्री ओलीले गरे विशेष पूजा, बन्ने भयो सिंहदरबारभित्र संघीय संसद भवन
काठमाडौं १ असोज । अवको साँढे दुई बर्षपछि सिंहदरबारभित्र संघिय संसद भवन बन्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा निर्माण हुने संघीय संसद् भवनको बिषेश पुजापाठ सहित पुतली बगैंचामा भवन शिलान्यास गरेका हुन् । भवन निर्माणको लागत ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार रुपैयाँ अनुमान गरिएको शहरी विकास मन्त्रालयले जनाएको छ । तर, निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेन्चरले ५ अर्ब ६७ करोड २७ लाख ६१ हजारमा निर्माण गर्ने जनाएको छ । कार्यक्रममा सभामुख कृष्णबहादुर महरा, तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्गसहितको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #samsad bhawan
ताजा खबर
- १देउवा पक्षले बोलायो केन्द्रीय समितिको बैठक
- २अन्ततः सरकार र दुर्गा प्रसाईंबीच सहमति
- ३एकताबद्ध हुन आह्वान गर्दै गगन थापाले भने–गठबन्धन अन्त्य हुनेछ, गुट र भागबन्डा हुँदैन
- ४सरकारका प्रवक्ता भन्छन्– चुनाव फागुन २१ भन्दा यताउता हुँदैन
- ५विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक कांग्रेसः निर्वाचन आयोग



तपाईको कमेन्ट लेख्नुहोस्