कहाँ–कहाँ हुदैंछ उपनिर्वाचन
काठमाडौं २९ साउन । गत फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नम्बर २, प्रतिनिधिसभा सदस्यविहीन छ । यस्तै, प्रदेश पाँच अन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार ओली, गण्डकी प्रदेश अन्तर्गत बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ का सांसद टेकबहादुर घर्ती र प्रदेश ३ को भक्तपुर–१ ‘ख’ बाट निर्वाचित हरिशरण लामिछानेको निधनपछि प्रदेशसभाका तीन स्थान खाली भएको हो । आयोगका अनुसार उपमहानगर पालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १, गाउँपालिका तथा नगर वडाध्यक्ष ४१, प्रदेश सभा सदस्य ३ र प्रतिनिधि सभा सदस्य १ गरी ५० पदका लागि उपनिर्वाचन हुनेछ ।
निर्वाचनका लागि आवश्यक पर्ने सबै स्रोत र साधनको कार्यविधी सम्बन्धी काम भैईरहेको छ । नेपालमा विद्युतीय भोटिङ मेसिनको प्रयोगको चर्चा पहिलो संविधानसभापछि चुलिएको थियो । त्यसपछिका हरेक निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग गर्न सकिने वा नसकिनेबारे चर्चा भइरह्यो । तर आयोगले अझै पनि विद्युतीय मेसिनको प्रयोग गर्न नसक्ने बताएको छ । नेपालमा निर्वाचन भन्नासाथ पूर्वनिर्धारित मितिमा नहुने हो कि भन्ने आशंका उब्जिहाल्छ । तर यसपटक मंसिर १४ मा उपनिर्वाचन गर्नबाट कसैले रोक्न नसक्ने आयोगको दाबी छ । आयोगल उपनिर्वाचनको तयारी थालेसँगै दलहरु सम्बन्धित क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्ने आन्तरिक छलफलमा जुटिसकेका छन् । सबैभन्दा बढि चासो प्रतिनिधिसभाको कास्की क्षेत्र नम्बर २ मा रहेको छ । उपनिर्वाचन हुनेमध्ये यो निर्वाचन क्षेत्र मात्रै प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने ठाउँ हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #up nirbachan
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्