के शालिकरामले आत्महत्या गरेकै हुन् त ?
काठमाडौं २१ साउन । पत्रकार शालिकराम पुडासैनी चितवनको एक होटेलमा मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी मृत भेटिएका हुन् । करिव डेढ महिनाअघि न्युज २४ फोर टेलिभिजन छोडेर माउण्टेन टिभीमा पत्रकारिता गरिरहेका पुडासैनीले आत्महत्या गरेको सुन्दा सबै आश्चार्यमा परेका छन् । उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नं कोठा बुकिङ गरेका थिए । खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो । प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पुडासैनीले मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए । यसअघि उनी न्यूज–२४ को सिधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #salikram pudasaini
ताजा खबर
- १सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि
- २अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- ३प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ४इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ५मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल



तपाईको कमेन्ट लेख्नुहोस्