किन तीन बर्षदेखि राष्ट्रिय बाघ संरक्षण समितिको बैठक बसेन ?
विश्वभर बाघ संरक्षणका लागि अभियानहरु भैरहेका बेला नेपालले पनि सन् २०२० सम्म बाघको संख्यामा दोब्बर वृद्धि गर्ने लक्ष्य लिएको छ । नेपालमा गतवर्ष भएको गणनाका अनुसार बाघको संख्या बढेको छ । जसअनुसार सन् २०१३ मा बाघको संख्या १ सय ९० थियो । सरकारले बाघ संरक्षणलाई प्राथमिकता दिएपनि अझै प्रभावकारी हुन नसकेको विज्ञहरुको भनाइ छ । बाघ संरक्षणका लागि भएको अन्तराष्ट्रिय प्रतिवद्धता अनुसार बाघको संरक्षणका निम्ति नीति तथा कार्यक्रम तय गर्न बनेको राष्ट्रिय बाघ संरक्षण समितिको बैठक तीनवर्षदेखि बस्न सकेको छैन । प्रधानमन्त्री अध्यक्ष रहने समितिको बैठक नबस्दा बाघ संरक्षणका नयाँ कदमहरु चाल्न नसकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । बाघ संरक्षणका लागि वन्यजन्तु आरक्ष र राष्ट्रिय निकुञ्जको मात्र भर नपरेर देशैभरका चुरे क्षेत्रको संरक्षण आवश्यक भएको कुवँरले बताए । बाघको संरक्षण गर्न वन संरक्षण गर्नुपर्ने र बाघ सहितको बन रहेमा मात्र पर्यावरणीय सन्तुलन रहने भन्दै विज्ञहरुले बाघ संरक्षणमा जोड दिँदै आएको छ । तराईमा बाघ, पहाडमा चितुवा र हिमालमा हिमचितुवाको संरक्षण मुख्य प्राथमिकतामा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । सोमबार अन्तर्राष्ट्रिय बाघ दिवस, बाघको इतिहास र उपयोगिता भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
क्याटेगोरी : पर्यटन, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #tigger nepal
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्