अछाममा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ घाइते
अछाम ११ असार । चौरपाटी गाउँपालिका २ शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। बुधबार बिहान से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सहचालक चौरपाटी गाउँपालिका–३ का रमेश साउदको घटनास्थलमा नै मृत्यु भएको हो। यस्तै दुर्घटनामा चौरपाटी गाउँपालिका–३ की लक्ष्मी साउद र कालि साउदको पनि मृत्यु भएको छ। उनीहरुमध्ये साउदले यस वर्ष एसईई परीक्षा दिएका थिए भने लक्ष्मी कक्षा ९ र कालि कक्षा ८ मा अध्ययनरत रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले बताए। लाइसेन्स नभएका सहचालकले ट्याक्टर चलाउँदा दुर्घटना भएको स्थानीयले बताएका छन्। ट्याक्टर चालक ज्ञानेन्द्र चौधरीले भने हाम फालेर ज्यान जोगाएका छन्। अन्य ४ घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #breeking
ताजा खबर
- १देउवा पक्षले बोलायो केन्द्रीय समितिको बैठक
- २अन्ततः सरकार र दुर्गा प्रसाईंबीच सहमति
- ३एकताबद्ध हुन आह्वान गर्दै गगन थापाले भने–गठबन्धन अन्त्य हुनेछ, गुट र भागबन्डा हुँदैन
- ४सरकारका प्रवक्ता भन्छन्– चुनाव फागुन २१ भन्दा यताउता हुँदैन
- ५विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक कांग्रेसः निर्वाचन आयोग



तपाईको कमेन्ट लेख्नुहोस्