बझाङमा जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु
बझाङ २ असार । बझाङमा यात्रुबाहक जिप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बच्चा रहेका छन् । मृतकहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । सोमबार सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिकातिर जाँदै गरेको स१ज १०७२ नम्बरको जिप दुर्घटना भएको हो । मष्टा गाउँपालिका वडा नम्बर–१, डौठी भन्ने ठाउँमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी नौजनाको मृत्यु भएको र ६ जना गम्भीर घाइते रहेको घटनास्थलमा खटिएका वडा प्रहरी कार्यालय चैनपुरका सइ महानन्द जोशीले बताए । उनका अनुसार जिपमा कतिजना सवार थिए भन्ने खुलेको छैन । जिप भीरमा अड्किएको अवस्थामा छ । जिप सडकबाट अफ्ठ्यारो ठाउँमा खसेको र मान्छे समेत जान नसक्ने भएका कारण उद्धार गर्न कठिनाई भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #durghatana
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्