दाङमा सिमेन्ट उद्योगको प्लान्ट भत्किदा ३ मजदुरको ज्यान गयो
शिवु खनाल
दाङ ३२ जेठ । दाङमा सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ढलाइ भत्किदा ३ मजदुरको ज्यान गएको छ । शनिबार दश बजे ५० मिटर अग्लोमा रहेको प्लान्टको पाँचौ तल्लाको सट्रिङ्ग भत्किदा घाईते भएका ३ जनाको उपचारको क्रममा मृत्यु भएको लमही नगरपालिका ७ कमानपुर स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको लागि एभरेष्ट कन्ट्रक्सन भारतले ठेक्का लिएको छ । जुन प्लान्ट ८० मिटर अग्लो हो । हाल सम्म ५० मिटर काम भईसकेको छ । उक्त कम्पनिमा २ सय ५० जना भारतिय मजदुरहरु कार्यरत छन् । शनिबार राति मात्र प्लान्टमा २० जना मजदुर काम गर्दै गरेको कम्पनिले जनाएको छ । एभरेष्ट कम्पनिले सिफ्ट अनुसार मजदुरलाई २४ घण्टा काममा लगाउदै आएको छ । राति डिउटी पर्ने मजदुरको लागि सधै खतरा हुने एक स्थानियहरुले बताए । मजदुरको सुरक्षा सहित बाँकी काम सम्पन्न गराउन ठेक्का कम्पनिलाई आग्रह गर्ने सम्राट सिमेन्ट कम्पनिका जनरल म्यानेजर रेवन्त ढकालले बताएका छन् । सुरक्षाको लागि मजदुरले बेल्ट प्रयोग गरेपनि माथिल्लो तल्लामा बेल्ट बाँध्ने ठाउँ पनि छैन । मजदुर हतास भएको र रातिको समय भएकोले पनि दुर्घटना भएको हो । मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ वर्षका मंगल कस्यव, २२ वर्षका दयाल हरेन, ४६ वर्षका साहेव रहेका छन् । घटनामा अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएका छन् । जस मध्य अजय हेरेन र नरेन बोडोलाई थप उपचारको लागि बुटवल पठाईएको छ । घाइतेहरुको फ्लोरेन्स अस्पताल लमहीमा प्रारम्भिक उपचार गरिएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #death
ताजा खबर
- १तराईका जिल्ला विषम परिस्थितिप्रति एनआरएनएद्वारा चिन्ता व्यक्त, शान्तिपूर्ण समाधान खोज्न आग्रह
- २राहदानी विभागले बिहानदेखि रातिसम्म सेवाग्राहीलाई सेवा दिँदै
- ३रास्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता, पछिल्लो परिस्थितिबारे छ्लफल
- ४राष्ट्रपति पौडेलको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
- ५प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै



तपाईको कमेन्ट लेख्नुहोस्