मुख्य सचिव करारमा नियुक्त गर्न जनार्दन शर्माको नयाँ प्रस्ताव
काठमाडौं १४ जेठ । नेकपाका स्थायी समिति सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकारको मुख्य सचिव करारमा नियुक्त गर्नुपर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार भएको छलफलमा शर्माले प्रभावकारी काम गर्नका लागि करारमा मुख्य सचिव नियुक्ती गर्नुपर्ने बताएका हुन् । नेता शर्माले ५ वर्षको लागि प्रधानमन्त्री करारमा आउन हुने मुख्य सचिव किन नहुने भनी प्रश्न गरे । प्रदेशका प्रमुख सचिवलाई पनि करारमा राख्नुपर्ने शर्माको भनाई थियो । मंगलबारकै बैठकमा नेता शर्माले कर्मचारीलाई ३० हजार तलब दिएर कार्यक्षमता मूल्यांकन गर्न कठिन भएको बताए । ३० हजार दिएर हुन्न, ५० हजारदेखि १ लाख दिऔं । कम तलब दिँदा अहिले झन् बढी खर्च भएको छ शर्माको भनाई थियो । बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पनि स्थायी राष्ट्रसेवकबाट उचित नतिजा नआएको भन्दै परिणाममुखी सेवाका लागि मुख्य सचिव पनि करारमा राख्न सक्ने आशय व्यक्त गरे । उनले स्थायी राष्ट्रसेवकबाट उचित रिजल्ट नआएको बताए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, लाेकसेवा/जागिर
ताजा खबर
- १धार्मिक सद्भाव कायम राख्न नेपाल प्रहरीको अपिल
- २तराईका जिल्ला विषम परिस्थितिप्रति एनआरएनएद्वारा चिन्ता व्यक्त, शान्तिपूर्ण समाधान खोज्न आग्रह
- ३राहदानी विभागले बिहानदेखि रातिसम्म सेवाग्राहीलाई सेवा दिँदै
- ४रास्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता, पछिल्लो परिस्थितिबारे छ्लफल
- ५राष्ट्रपति पौडेलको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ



तपाईको कमेन्ट लेख्नुहोस्