ओरियन्टल सहकारी ठगीको आरोपमा सुधिर बस्नेत पक्राउ
काठमाडौं २० चैत । ओरियन्टल सहकारीका अध्यक्ष सुधिर बस्नेत पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर,काठमाडौंको टोलीले बस्नेतलाई बुधबार साझ भीमसेन गोलाबाट पक्राउ गरेको हो। उनीविरुद्ध सहकारी ठगिको आरोपमा प्रहरीले खोजीरहेको थियो । २०५३ साल चैत ४ मा स्थापना भएको ओरियन्टल सहकारीले १२ हजारभन्दा बढी सदस्यको ६ अर्बभन्दा बढी रकम ठगेको आरोप छ। ओरियन्टल सहकारी २०७० सालदेखि बन्द छ । रकारले ओरियन्टललाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो। सरकारले मुलुकका समस्याग्रस्त सहकारी संस्थाबारे छानविन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय जाचबुझ समिति समेत गठन गरेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्