चौतर्फी दवावपछि बिप्लवले बन्द फिर्ता लिए
काठमाडौं १३ चैत । बिभिन्न सरोकारवाला निकायले बिरोध जनाएपछि विप्लवले १६ गतेको लागि आह्वान गरेको नेपाल बन्द फिर्ता लिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चैत १६ गते शनिबारको लागि आह्वान गरेको नेपाल बन्द फिर्ता लिएको हो । बुधबार साँझ नेकपाले एक विज्ञप्ति जारी गर्दै बन्द फिर्ता लिएको हो । पार्टीका महासचिव विप्लवले सोमबार मात्रै एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका थिए । सरकारी प्रतिबन्ध र दमनका विरुद्व नेकपाले बन्दसहितका आन्दोलनका कार्यक्रमहरु घोषणा गर्दै वर्तमान सरकारलाई चैत मसान्तसम्मको ‘अल्टिमेटम’ समेत दिएको थियो । नेकपाले नेपाल बार एसोसियसनको आग्रहमा बन्द फिर्ता लिएको हो । यही चैत १६ गते नै बारको निर्वाचन हुँदैछ । बन्दका कारण निर्वाचन प्रभावित हुने भन्दै बारले नेकपालाई बन्द फिर्ता लिन आग्रह गरेको थियो । बिप्लवले सरकारलाई चैतभित्र लगाइएको प्रतिबन्ध हटाउन समेत चेतावनी दिएको छ । तर, सरकारले ठाउँ ठाउँबाट नेता तथा कार्यकर्तालाई पक्राउ गरिहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्