बिप्लवद्धारा राप्तीका पाँच जिल्ला बन्द, कार्यकर्ता रिहाईको माग

दाङ २३ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दाङसहित राप्ती अञ्चलका पाँच जिल्ला बन्द गराएको छ । राजमार्गमा फाट्ट फुट्ट सवारी साधन चलेपनि बजार, शिक्षण संस्था, कल कारखाना ठप्प छन् । दाङको तुलसीपुर र रोल्पाबाट प्रहरीले आफना कार्यकर्ता पक्राउ गरेको र उनीहरुलाई रिहाईको माग गर्दै दाङसहित सल्यान, रुकुम, रोल्पा, प्यूठान जिल्लामा बन्द घोषणा गरेको हो । राप्ती ब्युरो इन्चार्ज सुवासले प्रेस विज्ञप्तीमा जारी गर्दे कार्यकर्ताको रिहाईको माग गर्दै बन्दको आह्वान गरिएको जनाएका छन् । प्रहरीले तुलसीपुरबाट जिल्ला सचिवालय सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई पक्राउ गरेको थियो । यस्तै फागुन २० गते रोल्पाबाट जिल्ला सदस्यहरु टीरामम परियार, लालबहादुर बिक र नृतेन्द्र सेनलाई पक्राउ गरेको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ । बन्दका कारण राप्तीका ५ जिल्लामा जनजिवन प्रभावित भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot
ताजा खबर
- १देउवा पक्षले बोलायो केन्द्रीय समितिको बैठक
- २अन्ततः सरकार र दुर्गा प्रसाईंबीच सहमति
- ३एकताबद्ध हुन आह्वान गर्दै गगन थापाले भने–गठबन्धन अन्त्य हुनेछ, गुट र भागबन्डा हुँदैन
- ४सरकारका प्रवक्ता भन्छन्– चुनाव फागुन २१ भन्दा यताउता हुँदैन
- ५विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक कांग्रेसः निर्वाचन आयोग



तपाईको कमेन्ट लेख्नुहोस्