अधिकारीको स्वाथ्य अवस्था चिन्ताजनक
काठमाडौको ह्याम्स अस्पतालमा तीन सातादेखि उपचाररत पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक रहेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले उनको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्त गरेका छन् भने केही अनलाइन सञ्चार माध्यमले उनको मृत्युको समाचार सम्प्रेषण गरेका छन्। तर, उनको मृत्यु भएको भन्ने कुरा सरकार,पार्टी, अस्पताल तथा परिवारका सदस्य कतैबाट पनि पुष्टि हुने सकेको छैन। अस्पतालले नै गरेको पत्रकार सम्मेलनपछि भने पार्टीका नेता तथा कार्यकर्ता र आफन्तहरू अस्पतालमा भेला हुने क्रम बढेको छ। उनको उपचारमा संलग्न चिकित्सक हेमराज पनेरुले उनलाई बचाउन सक्ने अवस्था न्यून रहेको जनाएका छन् । त्यस्तै, कृतिम स्वासप्रस्वास दिएर भेन्टिलेटरमा राखिएको छ । विगत २४ घण्टादेखि उनले पिसाब पनि गरेका छैन। ‘कृत्रिम स्वासप्रस्वास दिएर भेन्टिलेटरमा राखिएको छ । अधिकारीको फोक्सो तथा मुटुमा समस्या भएपछि अस्पतालमा उपचाररत छन्।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्