Techie IT
  • ३० फागुन २०८२, शनिबार
KhojPatrika

मनकामनाबाट फर्केको माइक्रो दुर्घटना, ६ जनाको मृत्यु


गोरखा । मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ ।

शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घटनास्थलमा ६ जनाको मृत्यु भएको र अन्य ८ जनाको उद्धार गरिएको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्