कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे समीक्षा गर्न चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले चैत पहिला साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारीमा आफूहरू रहेको जानकारी दिए ।
‘निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारीमा हामीहरू लागेका छौँ,’ प्रवक्ता चालिसेले भने, ‘निर्वाचनमा के के भयो भन्नेबारे केन्द्रीय समितिमा छलफल गर्न जिल्ला जिल्लाबाट रिपोट मगाएका छौँ । रिपोट आउने क्रम सुरु भएको छ ।’
२०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा ठुलो बनेको कांग्रेस अहिले दोस्रोमा झरेको छ । दोस्रोमा मात्रै झरेको छैन, इतिहासमै सबैभन्दा कमजोर प्रतिपक्षीको रूपमा संसद्मा उभिने निश्चित भएको छ । यसबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाउने तयारीमा लागेको हो ।
कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० सिट गरी ३८ सिटमात्रै जितेको छ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्