मानवअधिकारलाई राजनीतिबाट अलग्गै राख्नुपर्छः प्रधानन्यायाधीश राउत
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मानवअधिकारका विषयलाई राजनीतिबाट अलग राख्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन । मानव अधिकारको विषय पछिल्लो समयमा अत्यन्त जटिल, पेचिलो तथा संवेदनशिल बन्दै गइरहेको बताए ।
उनले मानवअधिकारमा राजननिति प्रवेश गरेमा त्यो विशाक्त हुने पनि उल्लेख गरे । राजनीतिको चक्रव्युह र चंगुलबाट मानवअधिकारलाई अलग राख्नुपर्नेमा उनले जोड दिए । मानवअधिकार न्यायसँग जोडिएको विषय भएकाले पनि बढी संवेदनशील हुने उनको भनाई छ ।
उनले भने, ‘मानवअधिकारमा राजनिति प्रवेश भयो भने वातावरण विशाक्त हुन्छ, आ–आफ्नो विचारको चश्माबाट मानवअधिकारलाई हेर्न थालियो भने यसको विश्वव्यापी सार्वभौमिकता, यसको मान्यता, महत्व र यसको ओजमा निसन्देह असर पुग्ने नै हुन्छ । त्यसैले निजी विचार, व्यक्तिको आस्था भन्दा माथी उठेर मानवअधिकारलाई हेर्न खोजियो भने मात्र मानवअधिकारको सम्मान, संरक्षण र संवद्धन हुन सक्छ ।
विषाक्त राजनितिको चक्रव्युह र चंगुलबाट मानवअधिकारलाई तपाईहरुले अलग्याउनुपर्छ । मानव अधिकारको कुरा बढी संवेदनशील किन हुन पुगेको छ भने यो विषय जष्टिस र लिवर्टीसँग पनि जोडिएकोले यो विषय संवेदनशील मात्रै हुन्छ ।’
उनले गत भदौ २४ गतेको आन्दोलनको क्रममा अदालत, बार एशोसिएशन सबै जलाईएको उल्लेख गरे । आन्दोलनमा नेपाली जनताको इतिहास र सम्पति दुबै जलेको उनको भनाई छ । अदालत, अदालतमा भएका हजारौँ मुद्दाका मिसिलहरु जलाईएपनि अदालतले दिने न्याय र निष्ठा नजल्ने उहाँले बताए ।
नेपाल बार एशोसिएशनको आयोजनामा जनकपुरमा दुई दिवसीय राष्ट्रिय मानव अधिकार गोष्ठी आयोजना गरिएको हो । गोष्ठीमा देशभरका कानून व्यवसायीहरुको उपस्थिति रहेको छ । बिहीवारसम्म चल्ने गोष्ठीले जनकपुरधाम घोषणापत्र जारी गर्ने जनाइएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ताजा खबर
- १मानवअधिकारलाई राजनीतिबाट अलग्गै राख्नुपर्छः प्रधानन्यायाधीश राउत
- २महाधिवेशनमा हारे पनि माधव नेपाल, भीम रावलहरुको दृष्टान्त लागू हुँदैन, एमालेमै रहन्छौँः ईश्वर पोखरेल
- ३राजनीति तथा नीति निर्माणको तहमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग
- ४यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्नेछः राजेन्द्र लिङदेन
- ५विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँः प्रधानमन्त्री कार्की



तपाईको कमेन्ट लेख्नुहोस्