Techie IT
  • २५ मंसीर २०८२, बुधबार
KhojPatrika

राजनीति तथा नीति निर्माणको तहमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग


काठमाडौं । प्रतिनिधि सभा तथा राष्ट्रियसभा निर्वाचन नजिकिएसँगै सरोकारवालाहरुले राजनीति तथा नीति निर्माणको तहमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग गरेका छन् । महिलालाई चुनावी प्रचारको साधन र भान्सामा मात्रै सिमित राख्ने प्रवृत्तिको अन्त्य गरिनुपर्नेमा उनिहरुको जोड छ ।

राजनीति तथा नीति निर्माणको तहमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने सरोकारवालाहरुले माग गरेका छन् । बुधवार नेपाल प्रेस युनियनको महिला विभागद्वारा आयोजित ‘राजनीतिमा लैङ्गिक विभेद र अबको निर्वाचनमा महिला सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो माग राखेका हुन् ।

राज्यका सबै निर्णयकारी भुमिका ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न सबै राजनीतिक दलमा आवद्ध महिलाहरु एकजुट भएर दबाब सिर्जना गर्नुपर्नेमा उनीहरुको जोड छ । महिलालाई चुनावी प्रचारको साधन र भान्सामा मात्रै सिमित राख्ने प्रवृत्तिको अन्त्य गरिनुपर्ने उनीहरुको तर्क छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले राजनीति लगायत राज्यका सबै निर्णयकारी तहमा महिलाको पर्याप्त सहभागिता सुनिश्चित भइनसकेको बताए । नीति निर्माणको तहमा कम्तीमा पनि ५० प्रतिशत महिला सहभागि गराउन सबै राजनीतिक दलहरुमाथि दबाब सिर्जना गर्न आग्रह उनको आग्रह छ ।

कानून र संविधान तह राजनीतिक दलहरुले महिलाहरुको लागि अवसर सिर्जना गर्न नसकेको भन्दै महिलाहरुले हस्तक्षेपकारी भुमिका खेल्नुपर्नेमा सरोकारवालको जोड छ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विपुल पोखरेलले पटक पटकको क्रान्तीमा महिलाको महत्वपूर्ण योगदान हुँदाहुँदै पनि आजसम्म महिलाहरुको मागहरु समुचित ढंगले सम्बोधन हुन नसकेको बताए ।

नेपाली काँग्रेसकी नेतृ रमा कोईराला पौडेलले सबै क्षेत्रमा रहेका महिलाहरुमा क्षमता भएको तथ्यलाई उजागर गर्न सञ्चार जगतलाई आग्रह गरिन् । उनले महिलाले विवाहपछि घरभित्रै सिमित हुनुपर्ने सोच अझै पनि समाजमा विद्यमान रहेको भन्दै महिलाहरु स्वयं पनि अघि बढ्नुपर्नेमा जोड दिइन् ।

प्रेस युनियन नेपालकी उपाध्यक्ष सलोजा दाहालले राजनीतिक नेतृत्वमा महिला नपुग्दासम्म महिला अधिकार र समावेशीताको कुरा प्रभावकारी ढंगले उठाउन नसकिने धारणा राखिन् । राजनीतिमार्फत नीति निर्माणको तहमा महिला सहभागिता बढाउनुपर्ने आजको आवश्यकता भएको उनको भनाइ छ ।

उनले महिलालाई राजनीतिमा स्थापित हुनको लागि असमान व्यवहारका साथै साइबर बुलिङ मुख्य चुनौती रहेको बताइन् । अन्तरक्रिया कार्यक्रममा कार्यपत्र सुनाउँदै पत्रकार कृष्णा पौडेलले राजनीतिमा महिलाको उपस्थिति बढाउन लामो समयदेखि बहस भइरहको भएपनि अझै धेरै बहस र पैरवी गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

निर्वाचनको समयमा हार्ने सम्भावना उच्च भएका क्षेत्रमा मात्र महिलालाई उम्मेदवार बनाउने परिपाटी अन्त्य गरिनुपर्नेमा उनको जोड थियो । अधिकांश वक्ताहरुले राजनीतिदेखि राज्यका सबै तहमा महिला सहभागिता बढाउन आआफ्नो तहमा हस्तक्षेपकारी भुमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं