Techie IT
  • २१ मंसीर २०८२, शनिबार
KhojPatrika

एकै ठाउँमा ७ गाडी दुर्घटनाः २७ घाइतेको उद्धार, २ को अवस्था गम्भीर


काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सातवटा सवारी एकै ठाउँमा दुर्घटना हुँदा घाइते भएकामध्ये २७ जनालाई उद्धार गरी अस्पतालमा पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार अहिलेसम्म २७ जनालाई उद्धार गरिएको र २ जना गम्भीर भएकालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

उक्त दुर्घटनामा स्कुल बससहित चारवटा बस, दुईवटा ट्रक र एउटा मोटरसाइकल परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुई वटा बसमा सवार अधिकांश यात्रु घाइते भएका हुन ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं