एकै ठाउँमा ७ गाडी दुर्घटनाः २७ घाइतेको उद्धार, २ को अवस्था गम्भीर
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सातवटा सवारी एकै ठाउँमा दुर्घटना हुँदा घाइते भएकामध्ये २७ जनालाई उद्धार गरी अस्पतालमा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार अहिलेसम्म २७ जनालाई उद्धार गरिएको र २ जना गम्भीर भएकालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
उक्त दुर्घटनामा स्कुल बससहित चारवटा बस, दुईवटा ट्रक र एउटा मोटरसाइकल परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुई वटा बसमा सवार अधिकांश यात्रु घाइते भएका हुन ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्