Techie IT
  • १६ असोज २०८२, बिहीबार

अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा


काठमाडौं । अस्ट्रेलियाले सेप्टेम्बरमा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा गरेको छ । यसअघि बेलायत, फ्रान्स र क्यानडाको यस्तै कदमको घोषणा गरेको थियो । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले संयुक्त राष्ट्र संघको महासभामा यो कदम चालिने र प्यालेस्टिनी प्राधिकरणबाट प्रतिबद्धता प्राप्त भएपछि यो निर्णय गरिएको बताएका छन् ।

इजरायलले भने प्यालेस्टिनी राज्यलाई मान्यता दिनुलाई ‘आतङ्कवादलाई पुरस्कार दिनु’ भनेको छ। गाजामा युद्ध अन्त्य गर्न इजरायलमाथि दबाब बढिरहेको छ। शनिबारदेखि गाजामा भोकमरी र कुपोषणका कारण पाँच जनाको मृत्यु भएको छ, जसले गर्दा कुल मृतकको सङ्ख्या २१७ पुगेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सन् २०२३ देखि इजरायलको सैन्य अभियानका कारण कुल ६१,००० भन्दा बढी मानिसको मृत्यु भएको पनि बताएको छ । इजरायलले ७ अक्टोबरमा दक्षिणी इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणको जवाफमा आफ्नो कारबाही सुरु गरेको थियो, जसमा करिब १,२०० मानिस मारिएका थिए र २५१ जनालाई बन्धक बनाइएको थियो ।

प्यालेस्टिनी प्राधिकरणले राज्यको मान्यताले आफ्ना जनताको आत्मनिर्णयको लागि बढ्दो समर्थन देखाएको बताएको छ । प्रधानमन्त्री अल्बानीजले आफ्नो सरकारले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमूद अब्बासबाट भविष्यमा हमासको राज्यमा कुनै भूमिका नहुने प्रतिबद्धता प्राप्त गरेपछि यो निर्णय गरिएको बताएका छन् ।

उनले विगत दुई हप्तामा बेलायत, फ्रान्स, न्युजिल्याण्ड र जापानका आफ्ना समकक्षीहरूसँगको कुराकानीपछि यो निर्णय गरेको पनि जानकारी दिएका छन् ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं