शार्क ट्याङ्क पिचर ओरेन्ज बल कम्पनीले युवाहरूलाई व्यवसायिक साझेदारीको सुनौलो अवसर दिंदै

काठमाडौं । नेपालमा पहिलो पटक शुरु भएको लगानीकर्ता खोज्ने फ्रेन्चाइज कार्यक्रम शार्क ट्यांक नेपालको छैंटौ एपिसोडमा हाइजीङ सम्बन्धी नेपालकै पहिलो एमबिआर फिमिग्रेसन फर क्वारेन्टाइन पेस कम्पनी ओरेन्ज बलले एक करोडको लगानी पाएको । उद्यमी तथा ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति र कम्पनीका सिइओ एवं फाउन्डर विद्यानन्द झाबीच एक करोडको डील भएको हो ।
कम्पनीमा भित्रीएको लगानी हाइजिङ, स्पेलाइजेसन प्रेस कन्ट्रोल, फिमिग्रेसन डीप क्लिनिङ, सेलो फिमिग्रेसन, क्वारेन्टाइन प्रिएण्ड पोष्ट सीपमेन्ट फिमिग्रेसन लगाएतका सेवामा थप विस्तार गर्नेछ । ओरेन्ज बल कम्पनीले बिगत १३ वर्षदेखी हाइजिङका क्षेत्रमा सेवा दिदै आएको छ । यस कम्पनीले कर्पोरेट हाउस, होटल, कार्यालय, घर लगायत ग्राहकको चाहना अनुसार जुनसुकै स्थानमा गएर सेवा दिदै आएको छ ।
मुसा मार्ने, उडुस मार्ने धमिराको समस्या हल गर्ने देखि कार्यालय, होटल घर लगाएतका कोठा सफा गर्ने, टायल किलिनिङ, बाथरुम किलिनिङ, ट्वाइलेट किलिनिङ लगायतमा सफा गर्ने कामहरु गर्दै आएको छ । कम्पनीले १०० प्रतिशत ग्यारेन्टीका साथ मुसा, धमिरा, उडुस लगायतको समस्या हल गर्ने दाबी गरेको छ । कम्पनीले काम सुरु गर्नुभन्दा अघि सुरुमा सेवा दिने स्थामा भिजिट गरेर काम गर्न सक्ने नसक्ने जानकारी दिने दाबी गरेको छ ।
कम्पनीले ग्यारेन्टी लिएको कामका लागी डील भएको भन्दा बढी सेवा दिनु परे कतिपय सेवाको कष्ट समेत नलिने गरेको सिईओ झाको दाबी छ । कम्पनीले हालसम्म पाँच हजार बढी जनालाई सेवा दिइसकेको छ । भुकम्पको महामारी, नाकाबन्दी कोरनाको समय समेत झेल्दै आएको कम्पनीले हालसम्म पाँच हजार जनालाई एक लाख बढी सेवा दिएको छ ।
कोरोनाको बेला प्रहरी चौकी,सार्वजनिक स्थल लगायतमा फ्रि सेवा दिएको कम्पनीको दाबी छ । कम्पनीमा सेवा लिएका ७० प्रतिशत कस्टुमर रिर्टन छ । कम्पनीले कक्रोजका लागी ६ महिना उडुसका लागी एक वर्षको ग्यारेन्टी समेत दिएको छ । कम्पनीले बिटु बी र बिटुसी गरि दुई मोडलबाट सेवा दिदै आएको छ ।
कम्पनीको प्रतिशत बि टु बी मोडलबाट ८० प्रतिशत र बिटुसी बाट २० प्रतीशत रेभिन्यु जेनेरेट र कम्पनीको ग्रस मार्जिन ५४ प्रतिशत रहेको कम्पनीको दाबी छ । कम्पनीको लाष्ट इएर १ करोड ३३ लाख रेभिन्यु छ । यस वर्ष २०२५मा भने कम्पनीले २ करोडको रेभिन्यु गर्ने लक्ष लिएको छ ।
कम्पनीको १२ प्रतिशत नेट मार्जिन रहेको छ । हालै कम्पनीले भारतीय कम्पनीसँग फिमिग्रेसन च्याम्बरका लागी अन्तराष्ट्रिय टाइअप समेत गरेको छ । कम्पनीको इन हाउस टिममा २० जना रहेका छन् भने अन्य ५० जनालाई सिजनमा रोजगारी दिने कार्यकारी निर्देशक झाको भनाइ छ ।
कम्पनीमा सिईओ झा सहित उनकी श्रीमती पुजा श्रेष्ठ र अमर श्रेष्ठ सञ्चालक छन् । जसमध्ये सबैभन्दा धेरै ८५ प्रतिशत सिईओ झाको लगानी रहेको छ । १० प्रतिशत इक्युटी शेयरमा १ करोड लगानी माग गर्न शार्क ट्यांक नेपालमा झा पुगेका थिए । तर, डिल फाइनल हुँदा १५ प्रतिशत सेयरमा १ करोड लगानी गर्न सौरभ ज्योती तयार भएका हुन् । एक करोड लगानी भित्रिने भएपछि सेवाग्राहीलाई थप प्रभावकारी सेवा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : अर्थ, जीवनशैली, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १मधेश जाँदै प्रधानमन्त्री ओली, भन्छन्– किसानका कुरा सुनौं भन्ने लागेको छ
- २पत्रकार सम्मेलन गर्दै विद्या, एमाले निर्णयको प्रतिवाद गर्ने
- ३शार्क ट्याङ्क पिचर ओरेन्ज बल कम्पनीले युवाहरूलाई व्यवसायिक साझेदारीको सुनौलो अवसर दिंदै
- ४आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
- ५एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेका ८ बुँदे प्रस्ताव, पार्टी सदस्यता दुई तहको हुने
तपाईको कमेन्ट लेख्नुहोस्