साँस्कृतिक दुत तथा क्यानडा सम्पर्क समितिको अध्यक्षमा सुदर्शन गौतम

काठमाडौँ । नेपाल साँस्कृतिक महासंघले अन्तराष्ट्रिय सांस्कृतिक दूत एवं महासंघ क्यानडा सम्पर्क समितिको अध्यक्षमा दुबै हात नभएका सगरमाथा आरोही तथा कलाकार सुदर्शन गौतमलाई मनोनित गरेको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय भूमिका निर्वाह गरेको र विशिष्ट उचाईमा पुर्याउन सफल भएको भन्दै बिश्व किर्तिमानी सगरमाथा आरोही गौतमलाई मनोनित गरेको महासंघका केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापाले जानकारी दिए ।
थापाका अनुसार महासंघको २०८० फागुन २८ को केन्द्रीय समितिको बैठकको निर्णय अनुसार क्यानडा सम्पर्क समितिको अध्यक्षमा मनोनित गरिएको हो ।
सम्पर्क समितिको अध्यक्षमा मनोनित भएपछि किर्तिमानी आरोही तथा कलाकार गौतमले नेपाल सांस्कृतिक महासंघ नेपाल केन्द्रीय कमिटीलाई धन्यवाद व्यक्त गर्दै आफूले इमान्दारितापूर्वक आफ्नो जिम्मेवारी निभाउने बताए । गौतमले केन्द्रीय अध्यक्ष तीर्थ थापा र विदेश विभाग प्रमुख विक्रान्त बस्नेतलाई धन्यवाद दिएका छन् ।
अध्यक्षमा मनोनित गौतम क्यानाडाको मात्र प्रमुख नभएर, संसारभर नै सस्था गठन गर्नुपर्ने ठुलो अभिभारा संगठनले मलाई विशेष कल्चर राजदुतको जिम्मेबारी प्रदान गरेको हुँदा कांग्रेस तथा नेपाल साँस्कृतिक महासंघसंग आस्था राख्नु हुने सम्पूर्णले सम्पर्क गर्न अपिल गरिएको छ ।
त्यस्तै, संगठनमा धेरै मानिसहरु समेट्नुपर्ने भएकोले आधिकारिक कार्यसमिति केहीदिनमै सार्बजनिक हुने गौतमले जानकारी दिए । क्यानाडामा रहेर संस्थाको आधिकारिक वा अनाधिकारिक रुपमा कुनै चिठी प्रयोग नगर्न पनि आग्रह गरिएको छ ।
को हुन् त अध्यक्षमा मनोनित सुदर्शन गौतम ?
सुदर्शन गौतमले २०५२ सालमा करेन्ट लागेर दुबै हात गुमाएका थिए । उक्त घटना पश्चात गौतमले आफ्नो मनोबल उच्च राख्दै आफ्नो दैनिक कामहरु खाना खाने, नुहाउने, खुट्टाले लेख्ने, खाना पकाएर खाने जस्ता अशाधारण काम पनि आफैले गरेर आफुलार्इ कमजोर बन्न दिएनन् ।
दुवै हात बिना नेपालमा पहिलो पटक खुट्टाले लेखेर एसएलसी प्रथम श्रेणीमा पास गरेका गौतमलाई तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउबाले प्रधानमन्त्री कार्यालयमा बोलाएर सम्मान गरेका थिए । नेपाल कमर्श क्याम्पसबाट मास्टर खुट्टाले नै लेखेर पास गरेका गौतम नेपाल विद्यार्थी संघ कलेज इकाईमा पनि आवद्ध थिए ।
२०५९ सालतिर दुवै हात बिना खुट्टाले नै कार चलाएर विश्व किर्तिमान बनएका थिए । २००५ मा क्यानाडाको नागरिक बनेका गौतमले २०१३ सालमा सगरमाथा आरोहण गरेका थिए । हाल उनी क्यानडामा बसोबास गर्छन् । त्यहाँ उनी उत्प्रेरककर्ताको साथै विभिन्न संघ संस्था तथा व्यापार व्यवसायीमा संलग्न छन् ।
उनले नेपाली चलिचत्र हिम्मतवालीमार्फत दुवै हातरहित सफल नायकको भूमिका समेत निर्वाह गरेर प्रथम हात बिहिन नायक बनेका थिए । दक्ष निर्माता, उर्जाशिल युवा उद्यमी गौतमले क्यानडा सरकारबाट समेत सम्मान तथा पुरस्कार पाएका छन् ।
गौतमले विश्व समक्ष नेपाली कला र सांस्कृतिको प्रचार प्रसार र प्रवर्धन गर्नुका अतिरिक्त नेपाली सिपमुलक उद्यमशीलता प्रवद्धन,कूटनीतिक दक्षता प्रदर्शन अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्