पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्कीबास सडक अनिश्चितकालका लागि बन्द
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ ।
उक्त सडकखण्डको दुम्कीबासस्थित विनयी खोलाको डाइभर्सन वर्षाले बगाएकोले त्यहाँ नयाँ पुल नबन्दासम्मका लागि सडक बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बैठकले सडक मर्मतको काम भइरहेकोले काम सम्पन्न भएपछि मात्रै यातायात सञ्चालन गर्ने निर्णय गरेको हो ।
यो सडकखण्डमा ठूला गाडीलाई पूर्णरुपमा निषेध गरिएको छ भने अन्य गाडीलाई राति ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि निषेध गरिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, विचार/लेख, समाचार
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्