त्रिदेशीय टी–२० आई शृंखलाः अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० आई शृंखलाको अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्ड खेल्दै छन् । खेल ग्लासग्लोमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । यस शृंखलामा हालसम्म नेपालले २ खेल जित्दा स्कटल्याण्डले एक खेल मात्र जितेको छ ।
पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएपछि स्कटल्याण्ड नेपालसँग र नेदरल्याण्ड्ससँग पराजित भएको थियो । नेपालले भने ठीक विपरित पहिलो खेलमा हार बेहोरेपछि दुई जित निकालेको छ ।
नेदरल्याण्ड्ससँग सुपर ओभरमा पराजित भएको नेपालले स्कटल्याण्डलाई हराउँदा बिहीबार नेदरल्याण्ड्सलाई हराएको छ । नेपालले स्कटल्याण्डसँग टी–२० फर्म्याटमा २ पटक मात्र खेलेको छ जहाँ १ जित र १ हारको नतिजा छ ।
टी–२० आईमा भने मंगलबारको खेल नै पहिलो थियो जहाँ नेपाल विजयी भएको थियो । यसअघि लिग २ को एकदिवसीय शृंखलामा पनि नेपालले ४ मध्ये ३ जित निकालेको थियो । टी–२०आई शृंखलामा पनि नेपाल जितका साथ अन्त्य गर्न चाहनेछ ।
क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, विचार/लेख, समाचार
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्