मःम पसलको ग्यास विस्फोट घटनाः अर्का एक जना घाइतेको पनि मृत्यु
काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःममा भएको ग्यास विस्फोटमा घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ ।
शुक्रबार दिउँसो साढे २ बजे उपचारका क्रममा अर्का एक जनाको मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जनाए ।
मृत्यु हुनेमा उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भइ हाल काठमाडौं महानगरपालिका–२८ बस्ने २२ वर्षीय प्रदीप तामाङ रहेका छन् । उक्त विस्फोटमा परेर ११ जना घाइते भएका थिए । घाइतेमध्ये दुई जनाको गत सोमबार निधन भइसकेको छ ।
मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भिम बहादुर घले मगर (नवीन) को उपचारका क्रममा मृत्यु भएको थियो । अन्य घाइतेको उपचार जारी छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ताजा खबर
- १प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
- २प्रधानमन्त्री चयनमा संविधानको धारा ७६ (१) पहिलोपटक प्रयोग हुँदै, लिनुपर्दैन विश्वासको मत
- ३रुकुममा बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता
- ४मोदीको पोस्टमा बालेनको टिप्पणीः नेपाल–भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ
- ५यही व्यवस्थामै बहुमत आउने पुष्टि भयोः कांग्रेस महामन्त्री पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्