विनोद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो
काठमाडौं । नेपालका एक मात्र अर्बपति विनोद चौधरी विश्वकै १९८२ औं धनी व्यक्ति बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्याङ्किङ अनुसार चौधरी कूल २.१ अर्ब डलरसहित सो स्थानमा रहन सफल भएका हुन् ।
चौधरी सन् २०२५ मा १७६३ औं स्थानमा थिए । सो समयमा चौधरीको सम्पत्ति २ खर्ब डलर बारबरको रहेको फोर्ब्सले जनाएको छ । सन् २०२६ को चौधरीको सम्पत्ति नेपाली रुपैयाँमा ३ अर्ब २ अर्ब पुगेको हो ।
एक वर्षको अवधिमा चौधरीको सम्पत्ति १० करोड डलरले बढेको फोर्ब्सले जनाएको छ । चौधरी दक्षिण एसियामा भारतीय अर्बपति बाहेक एक मात्र अर्बपति हुन् । सार्क क्षेत्रका अन्य मुलुकका कुनै पनि व्यक्ति फोर्ब्सको अर्बपतिको सूचीमा छैनन् ।
सन् २०१९ मा १३४९ औं स्थानमा रहेका उनको सम्पत्ति कोभिड–१९ महामारीकालमा भने केही घटेको थियो । यसलाई चौधरीले सुधार गर्न सफल भएका छन् । फोर्ब्सको अर्बपतिको सूचीमा पहिलो नम्बरमा अमेरिकी अर्बपति एलन मक्स छन् । उनको सम्पत्ति ८३९ अर्ब डलर रहेको छ ।
उनी अटोमोबाइल क्षेत्रसँग सम्बन्धित छन् । दोस्रो नम्बरमा अमेरिकी अर्बपति ल्यारी पेज रहेका छन् । अर्बपतिहरूको सूचीमा सबैभन्दा धेरै अमेरिकी, चीन, भारत लगायतका देशका रहेको फोर्ब्सले जनाएको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्