इजरायलका प्रधानमन्त्री नेतन्याहुको हत्या प्रयास
काठमाडौं । लेबनानको भूमिबाट इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासतर्फ ड्रोन हमला भएको छ । इजरायलका प्रधानमन्त्री नेतन्याहुले आफ्नो हत्या गर्ने कोसिसमा हेजबुल्लाहले ड्रोन प्रहार गरेको भन्दै यसको महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आक्रमणको बेला प्रधानमन्त्री र उनकी पत्नी त्यहाँ थिएनन् । र, यस आक्रमणबाट कोही घाइते पनि भएका छैनन् ।’ प्रधानमन्त्री नेतन्याहुले भने सामाजिक सन्जाल एक्समा लेखेका छन्, ‘इरानको प्रोक्सी हिजबुल्लाहले मेरो र मेरी पत्नीको हत्याको कोसिस गरेर ठूलो गल्ती गरेको छ ।’
उनले यसबाट आफ्ना शत्रुहरुविरुद्धको युद्ध नरोकिने पनि उनले बताएका छन् । उनले भनेका छन्, ‘म इरान र उसको प्रोक्सीलाई भन्न चाहन्छु, जसलाई हामीलाई क्षति पुर्याउने कोसिस गर्छ, उसले ठूलो मूल्य चुकाउनुपर्छ । हामी आतंकवादीलाई अन्त्य गर्ने अभियान जारी राख्ने छौं र बन्धक बनाइएकाहरुलाई घर फिर्ता ल्याउने छौं ।’
उनले इजरायलले जित हासिल नगरेसम्म युद्ध जारी राख्ने पनि बताएका छन् । लेबनानको तर्फबाट आक्रमण भएपछि इजरायलले पनि त्यहाँ आक्रमण जारी राखेको बीबीसीले जनाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार राजधानी बेरुतको उत्तरतर्फ पर्ने जोनिया भन्ने ठाउँमा इजरायलले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #प्रधानमन्त्री र उनकी पत्नी, #लेबनानको भूमि
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्