भारतको स्वतन्त्रता दिवस समारोहमा ६ हजार विशेष अतिथि
काठमाडौं । भारतको ७८ औँ स्वतन्त्रता दिवस समारोहमा ६ हजार विशेष अतिथि रहने भएका छन् । बिहीबार दिल्लीको ऐतिहासिक लालकिल्लामा हुने कार्यक्रमको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन् । यो वर्षको स्वतन्त्रता दिवसको नारा ‘विकसित २ भारत २०४७’ छ ।
यो उत्सवले सन् २०४७ सम्ममा देशलाई विकसित राष्ट्रमा परिणत गर्ने सरकारको प्रयासलाई नयाँ बल प्रदान गर्ने मञ्चको रूपमा काम गर्ने बताइएको छ ।
समारोहमा जनसहभागिता बढाउने उद्देश्यले यस वर्ष लालकिल्लामा मनाइने कार्यक्रममा करिब ६ हजार विशेष अतिथिलाई आमन्त्रण गरिएको छ ।
कार्यक्रममा विभिन्न राज्य–केन्द्र शासित प्रदेशहरूका लगभग दुई हजार परम्परागत पोशाकमा सजिएका मानिसलाई पनि भव्य समारोहमा आमन्त्रित गरिएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #७८ औँ स्वतन्त्रता दिवस
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्