एएफसी च्यालेञ्ज लिगः आज चर्च ब्वाइज र पारो भिड्ने
काठमाडौं । एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणमा मंगलबार चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन ‘पारो एफसी’बीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले च्यालेञ्ज लिग खेल्न आफ्नो टोली तयार रहेको बताएका छन् ।
कप्तान अनन्त तामाङले पनि आफ्नो टोली शारीरिक र मानसिक रूपमा भुटानसँग खेल्नका लागि तयार रहेको दाबी गरेका छन् । पारोका प्रशिक्षक पुष्पलाल शर्माले टिमको संयोजन राम्रो रहेको भन्दै खेल रोचक बन्ने बताएका छन् । गत वर्ष पनि पारो एफसी कप छनोट खेल खेल्न नेपाल आएको थियो । त्यतिबेला पारो मछिन्द्र क्लबसँग पराजित भएको थियो ।
जापानका स्टार फुटबल खेलाडी केइसुके होण्डाले आज नेपालविरुद्ध खेल्ने भएकाले खेल निकै रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । दुवै खेलका विजेताले अघिल्लो चरणको यात्रा तय गर्ने छन् ।
अघिल्लो सिजनमा नेपालको क्लब मच्छिन्द्र क्लबले पारोलाई हराउँदै दोस्रो चरणको यात्रा तय गरेको थियो। त्यो सफलता जारी राख्न चर्च ब्वाइजले बलियो टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ । पछिल्लो सिजनको तुलनामा योपटक बलियो देखिएको टोली पारो नेपालको नयाँ लिग च्याम्पियन चर्च ब्वाइजका लागि चुनौती बन्न सक्ने अनुमान गरिएको छ ।
क्याटेगोरी : खेलकुद, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्