दक्षिण गाजामा आक्रमण जारी राख्ने प्रधानमन्त्री नेतन्याहुको अडान

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दक्षिणी गाजामा आक्रमण जारी राख्ने अडान राखेका छन् । गाजामा युद्ध अन्त्य गर्ने र बन्धक रिहा गर्ने सम्झौताका लागि मध्यस्थ गरिरहेको कतार पनि इजरायलको अडानपछि पछि हटेको छ।
इजरायलले गाजामा भइरहको खाद्यान्न अभावमा आफूहरूलाई दोष नदिन भनेको छ। उसले दक्षिणमा दुईवटा क्रसिंगमार्फत सहायतालाई अनुमति दिइरहेको बताउँदै खाद्यान्न अभावमा इजरायल दोषी नरहेको बताएको हो ।
यसैबीच हिजबुल्लाहले रकेट प्रहार गरेपछि जवाफमा इजरायलले लेबनानको बालबेकमा आक्रमण गरेको छ । आक्रमणमा दुई हिजबुल्लाह लडाकुको मृत्यु भएको छ। बालबेक उपत्यका लेबनानी सशस्त्र समूहको गढ हो, जुन लेबनानको सिरियासँगको सीमा नजिक छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्