इमरान खान दम्पतीलाई १४ वर्ष जेल सजाय
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बसुरा बिबीलाई अख्तियार दुरुपयोग सम्बन्धी मुद्दा हेर्ने अदालतले १४ वर्षको सजाय तोकेको छ ।
उनीहरुमाथि राज्यको सम्पत्ति गैरकानुनी ढंगले बिक्री गरेको अभियोग थियो । एक दिनअघि मात्रै खानलाई राज्यको गोप्य सूचना चुहावट गराएको अभियोगमा १० वर्षको जेल सजाय निर्धारण गरिएको थियो । बुधबारको फैसलाले खान दम्पत्तिलाई आगामी १० वर्षसम्म कुनैपनि सार्वजनिक पदमा बस्न अयोग्य रहेको समेत फैसला सुनाएको छ ।
खान दम्पत्तिलाई अदालतले प्रति व्यक्ति ७८७ मिलियन पाकिस्तानी रुपैयाँ जरिवाना समेत तोकेको छ । यसबारे खानका समर्थकहरुले भनेका छन्–न्यायिक इतिहासमा अर्को दुर्भाग्यपूर्ण फैसला भएको छ । हाम्रो न्यायिक प्रणाली फेरि एकपटक ध्वस्त बनाइएको छ । यो हास्यास्पद फैसलालाई माथिल्लो अदालतमा चुनौती दिने तयारीमा हामी छौँ ।’
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्