चन्द्रागिरी दुर्घटनाः बुवा, आमा, श्रीमान, छोराछोरीको मृत्यु, सृष्टि तिवारी गौतम मात्रै सकुशल !
काठमाडौँको चन्द्रागिरी नगरपालिकास्थित सेतोपहरामा शनिबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । गम्भिर घाइते ६ वर्षकी स्मारिका गौतमको उपचारका क्रममा सवा तीनबजे मृत्यु भएसँगै मृत्यु हुने पाँच पुगेका हुन् ।
उक्त दुर्घटनामा घटनास्थलमै चार जनाको मृत्यु भएको थियो । उनीहरू सबै एकै परिवारका हुन् । घटनास्थलमै मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका ३० बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी, उनकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, काठमाडौँ महानगरपालिका २ लाजिम्पाट बस्ने तिवारी दम्पतीका ज्वाईं ३८ वर्षीय डा. महेशकुमार गौतम र उनका छोरा ४ वर्षीया प्रियान्स गौतम रहेका छन् । जीपका चालक डा. गौतम बालरोग विशेषज्ञ हुन् ।
डा. गौतमकी श्रीमती डा. सृष्टि तिवारी गौतम सकुशल छिन् । उक्त गाडीमा सवारमध्ये उनी एक मात्रै बाँच्न सफल भएकी छन् । ६ जना सवार प्र.३०१–२३ च ६९८५ नम्बरको गाडी शनिबार दिउँसो २ बजे दुर्घटनामा परेको हो । काठमाडौँबाट चित्लाङ जाँदै गर्दा चन्द्रागिरि नगरपालिका ४ पानीघाटभन्दा माथि हिमचुली सेतो पहरा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको विमानका सबै यात्रु सुरक्षित
- २प्रवक्ता महतलाई गगनले भने : बैठकमा चुप लागेर बस्ने, तल आएर धेरै बकबक नगर्नुस्
- ३गगन थापालाई मानबहादुर नेपालीको खुला–पत्र,नेतृत्व लिन हतार नगर्नुहोस्
- ४ढुक्क भए हुन्छ, पार्टी फुट्दैनः विश्वप्रकाश शर्मा
- ५समानुपातिक उम्मेद्वारको सूचीमा रहेकाले नाम फिर्ता लिए मात्रै थप्न पाइने



तपाईको कमेन्ट लेख्नुहोस्