Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

गाउँमा घर चर्किदै गर्दा प्रदेशमा मन चर्कियो ! सहयोगी हातबाट राहत वितरण (फोटो फिचर)


रुकुमपश्चिम । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा धेरै जनधनको क्षति भएको छ । यतिबेला प्रभावित क्षेत्रका मानिसहरु राहतको प्रतिक्षामा छन् । कतै राहत वितरण भइसकेको छ । तर, कतै अझै राहत नपाएको गुनासो आइरहेको छ ।

रुकुमपश्चिम घर भई  हाल विभिन्न देशमा रोजगारीको सिलसिलामा पुगेका ब्यक्तीहरुले आ–आफ्नो क्षेत्रबाट सहयोग गरिरहेका छन् । जिल्लाको बाँफिकोट गाउँपालिकामा पनि धेरै घरमा क्षति पुगेको भन्दै सहयोग उठिरहेको छ । मातृभूमीको दुख र पीडा सम्झेर संकलन गरिएको राहत एक कार्यक्रमका बीच वितरण गरिएको छ ।

बाँफिकोट गाउँपालिका वडा नम्बर ६ का नेपाली कांग्रेस नेता टोपजङ्ग नायकले पचास हजार र उनकै पहलमा मलेसियास्थित काम गर्ने कम्पनिबाट ७३ हजार ५०० रुपैयाँ सहयोग भएको छ । मलेसियामै रहेका नेपाल तरुण दल वडा नम्बर ७ का ईकाई सभापति बिकास अधिकारी लगायतको पहलमा १ लाख २३ हजार ५०० रकम बराबरको सामाग्री पनि प्रभावित क्षेत्रमा हस्तान्तरण भएको छ ।

वडा नम्बर ६ मा २५ पिस सिरक र २५ पिस चटई , वडा न ७ मा ६० पिस त्रिपाल र ५४ पिस चटई नेपाल तरुण दलका केन्द्रीय सदस्य हरिचन्द्र खनालले हस्तान्तरण गरेका थिए । राहत हस्तान्तरण गर्दै खनालले विदेशमा गाउँको लागि राहत संकलन गरी पठाइएकोमा सहयोगीहरुलाई धन्यवाद समेत दिएका छन् ।

बाफिकोट वडा न ६ को वडामा नेपाली काङ्ग्रेस बाफिकोट गा.पा. का सचिव देबबहादुर कुसारीले संयोजनको भूमिका निर्वाह गरेका थिए । त्यस्तै, राडी ज्युलादेखि वडा ६ र ७ का दुबै वडामा निशुल्क ढुवानी बाफिकोट वडा न ७ का नेपाली काङ्ग्रेस बाफिकोट गा.पा सदस्य शशिराम नायकले गरेको बताइएको छ ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #राहत वितरण, #रुकुमपश्चिममा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं