Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

स्पेनको नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु


काठमाडौं । दक्षिण पूर्वी स्पेनको मुर्खिया शहरको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । १४ जना सम्पर्कविहीन छन् । ला फोन्डा नामको नाइट क्लबमा स्थानीय समय अनुसार आइतबार बिहान ६ बजेतिर नाइट क्लब रहेको भवनमा आगो लागेको थियो ।

त्यतिबेला नाइट क्लबमा भीडभाड थियो । आगो वरपरका अरु क्लबमा पनि फैलिएको थियो । त्यसैले अधिकारीहरुले आगलागीमा परी मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएका छन् ।

सामाजिक सन्जालमा सेयर गरिएको भिडियोमा गाढा कालो धुवाँ निस्किरहेको देखिन्छ । आगलागीको कारण भने खुलेको छैन । आपतकालीन सेवाका कर्मचारीहरु उद्धार तथा खोजमा खटिएका छन् ।

एक २८ वर्षीया महिलाले आफ्नी आमालाई पठाएको अडियो म्यासेजमा ‘आमा म हजुरलाई धेरै माया गर्छु, हाम्रो मृत्यु हुनेवाला छ’ भनेकी छन् । ती महिला आफ्नो पार्टनर र साथीहरुसँग नाइट क्लबमा गएकी थिइन् । उनी जीवित छिन् कि मृत्यु भइसक्यो भन्ने खुलिनसकेको बीबीसीले जनाएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, विदेश, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं