रुकुमपश्चिमको मुसिकोटबाट डिग्रे जान लागेको जिप दुर्घटना, १० जना घाइते

रुकुमपश्चिम । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगाको त्रिवेणी चोकबाट डिग्रे जाँदै गरेको जिप दुर्घटना भएको छ ।
त्रिवेणी चोकबाट रावलबारा हुँदै डिग्रे जाने सडकमा रहेको भे १ च २७९६ नम्बरको जिप स्टार्ट गर्ने क्रममा त्रिवेणी चोकदेखि केही माथि उकालोमा ब्रेकले काम नगरी पछाडि सर्दा सडकबाट ६ मिटर तल अर्को सडकमा खसेको हो । दुर्घटनामा परी १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिपमा १२ जना सवार थिए । चालक सहित २ जनालाई भने केही भएको छैन् । घाइते हुनेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ की १३ वर्षिया सरस्वती केसी, मुसिकोट ३ की ५५ वर्षिया लिला केसी, मुसिकोट १३ की ५० वर्षिया सुबि रोका, मुसिकोट ३ की १३ वर्षिया सुजता केसी, मुसिकोट १२ की करीना केसी र मुसिकोट १४ की दक्षिणा केसी रहेका छन् ।
त्यस्तै मुसिकोट १४ कि ८ वर्षिया बर्षा केसी, मुसिकोट १ की ३५ वर्षिया बिनिता केसी, दाङ शान्तिनगर ४ की २५ वर्षिया टीका ओली केसी र सोही ठाउँकी ३३ वर्षिया टीका केसी पनि घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #डिग्रे जाँदै गरेको जिप, #मुसिकोट नगरपालिका
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्