सहकारी बैंकद्वारा मोरङमा गर्यो सञ्चालित ऋण लगानी तथा असुली व्यवस्थापन तालिम
काठाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड उर्लाबारी शाखाको आयोजनामा जेठ १६ र १७ गते सञ्चालित सहकारी संघ संस्थाहरुको “ऋण लगानी तथा असुली व्यवस्थापन” तालिम बुधवार सम्पन्न भएको छ । सहकारी संघ संस्थाहरुको ऋणको गुणस्तर कायम गरी ऋण असुली कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।
बैंकको उर्लाबारी शाखाका प्रमुख विनोद चुडालले बैंक तथा वित्तीय सहकारी क्षेत्रमा देखिएको समसामयिक विषयलाई समेट्न तालिमले सहयोग पुग्ने भन्दै तालिमबाट सिकेको कुरालाई आफ्नो संस्था एवम् व्यवहारमा उतार्न सके यसको औचित्य अझै बढ्ने बताए ।
तालिममा सहकारीहरूको ऋण असुली व्यवस्थापनका क्रममा ऋण जोखिम व्यवस्थापन, ऋण वर्गीकरणको तरिका, चार्ज अफ र राइट अफ, ऋण परामर्श र अभ्यास एवम् ऋण असुलीको कानुनी प्रावधानहरू कार्यान्वयनको तारिका सम्बन्धमा बैंकको तालिम विभागका सहायक अधिकृत राजकुमार बरालले सहजीकरण गरेका थिए ।
तालिमका सहभागीहरूले वर्तमान परिस्थितिमा ऋण असुली कार्य अत्यन्त चुनौती बनेकाले तालिमले प्राविधिक, सिपमूलक, कानुनी साथै व्यवहारिक पाटोमा सहयोगी भएको बताएका छन् ।तालिम कार्यक्रममा त्यस क्षेत्रका विभिन्न ३२ वटा सहकारी संस्थाका ऋण विभागका कर्मचारी तथा ऋण उपसमितिका सदस्यहरू गरी ३८ जनाले सहभागिता जनाएका थिए ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा खबर
- १ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’
- २निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप
- ३एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित
- ४बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- ५उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन



तपाईको कमेन्ट लेख्नुहोस्