Techie IT
  • ९ असार २०८१, शनिबार
KhojPatrika

चीनमा युवा बेरोजगारी बढ्दै


बेइजिङ । चीनका युवाहरू आफ्नो शैक्षिक र रोजगारीको अवस्थालाई लिएर दिनप्रतिदिन निराश हुँदै गएका छन् । बढ्दो बेरोजगारी समस्याले चीनका युवाहरूलाई असर गरेको छ र धेरै युवाहरू जीवन निर्वाह गर्न मात्रै दैनिक ज्यालादारी काम गर्न बाध्य भएका छन् ।

अहिले चीनमा बेरोजगारीको संकट कति गम्भीर छ भने त्यसको प्रमाण चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले स्नातक उर्तीणलाई दैनिक ज्यालादारी र ब्लु–कलर जागिर खान प्रोत्साहन गरेको तथ्यबाट प्रमाणित हुन्छ । ब्लू—कलर रोजगारीमा किसान, मेकानिक, पावर प्लान्ट अपरेटर, र इलेक्ट्रीशियन समावेश छन् ।

मार्च २०२३ सम्म, १६ देखि २४ वर्षका उमेरका १९.६ प्रतिशत बेरोजगार भएका छन्, जुन गत जुलाईको १९.९ प्रतिशतकोे तुलनामा थोरै कम थियो । विश्वविद्यालय शिक्षा भएकाहरू बेरोजगार हुने सम्भावना १.४ गुणा बढी थियो । यसले खासगरी युवाहरूमाझ बढ्दो बेरोजगारी दरलाई नियन्त्रण गर्न सीपीसीको असक्षमतालाई उजागर गरेको छ । चिनियाँ सरकारले युवाहरूलाई अध्ययन गर्न प्रोत्साहित गर्न जारी राख्दै समस्यालाई यसको जरामा समाधान गर्नुको सट्टा समस्यालाई तल धकेल्दै आएको छ । ।

हेनानको राज्यको स्वामित्वमा रहेको सुर्ताी कारखानामा काम गर्ने स्नातकहरूले मासिक औसत ८,३०० युआन (१२०० अमेरिकी डलर)को तुलनामा अन्य स्नातकले प्रति महिना लगभग ५,८०० युआन (लगभग ८३५ अमेरिकी डलर) कमाउँदै आएका छन् । सांघाई र बेइजिङ जस्ता ठूला शहरहरूमा नयाँ स्नातक उत्र्तीणले प्रति महिना औसत ५,२९० युआन मात्र पाउँदै आएका छन् जसले २५ स्वायर मिटरको अपार्टमेण्टको भाडामात्र तिर्न प्रयाप्त हुन्छ । अप्रिल २०२३ मा १६ देखि २४ वर्ष उमेर समूहका चिनियाँ नागरिकहरूको बेरोजगारी दर बढेर २०.४ प्रतिशतमा पुगेको छ ।

एक महिना अघि समाचार अनुसार ११.६ मिलियन (१ करोड १६ लाख) विद्यार्थीहरू कलेज र व्यावसायिक विद्यालयहरूबाट स्नातक भई रोजगार बजारमा प्रवेश गर्ने बताइएको थियो । यही कारणले पूर्व प्रधानमन्त्री ली खछ्याङले १२ करोड रोजगारी सृजना गर्ने वाचा गरेका थिए र त्यसपछि राज्य परिषदले युवा बेरोजगारीलाई सम्बोधन गर्न १५ वटा उपायको घोषणा गरेको थियो। राज्यको स्वामित्वमा रहेका कम्पनी र विभागहरूमा बेरोजगारको रूपमा दर्ता भएका २४ वर्षभन्दा कम उमेरकाहरूलाई भाडामा लिने कम्पनीहरू र कम्तिमा १ मिलियन (१० लाख) नयाँ इन्टर्नशिपमा राख्ने कम्पनीहरूका लागि एक पटकको बोनस समावेश गरिएको छ। आधिकारिक तथ्याङ्कहरूले नयाँ स्नातक रोजगारीकोे माग अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले घट्यो, जबकि जागिर आवेदकहरूको संख्या लगभग दोब्बर भयो ।

चाइना इन्स्टिच्युट फर एम्प्लॉयमेन्ट रिसर्च र चिनियाँ रोजगार बोर्ड झाओपिनको प्रतिवेदनले २०२२ को तेस्रो त्रैमासिकमा कलेज स्नातकहरूको लागि बजार माग र जागिरका आवेदकहरू बीचको अनुपात ०.५७ रहेको देखाएको छ, जुन २०२१ मा १.२४ र २०२० मा १.३८ भन्दा कम थियो । २०२२ मा, शहरी क्षेत्रमा १६ देखि २४ वर्ष उमेर समूहका युवाको औसत युवा रोजगारी दर १७.५ प्रतिशत रहेको थियो ।
१९.ं९ प्रतिशतले प्रत्येक ५ शहरी युवा मध्ये लगभग १ जना बेरोजगार भएको संकेत गर्दछ, जुन २०१८ पछि सबैभन्दा बढी हो ।

चिनियाँ युवाहरूले आज आफ्नो दुर्दशालाई लु शुनको १९१९ लघुकथाका नायक कोंग यिजीसँग तुलना गरिरहेका छन् । कङ गरिबीमा बस्ने एक उच्च शिक्षित व्यक्ति थिए किनभने उनी शारीरिक श्रम गर्न धेरै गर्व गर्थे। कङको मिम चिनियाँ सामाजिक सञ्जालमा पछिल्लो समय छाएको छ । जसले युवाको अवस्थालाई वर्णन गर्दछ । ।

सीसीपीद्वारा गरिएका सबै वाचाहरूको बावजुद, सरकारले समस्यालाई कम आँकलन गर्दै विद्यार्थीलाई उनीहरूको उच्च शिक्षा जारी राख्न प्रोत्साहित गर्न जारी राखेको छ। पछिल्लो समय स्नातक उर्तीण विद्यार्थीलाई २०२५ सम्ममा स्वयम्सेवक सेवामा ग्रामीण इलाकामा पठाउनु हो । माओको शासनकालमा युवाहरूलाई क्रूर र कहिलेकाहीं घातक अवस्थामा काम गर्न गाउँ पठाइथ्यो ।

राज्य सञ्चारमाध्यमले कङ यिजी प्रकरणलाई तर्क गरेर व्याख्या गर्ने प्रयास गरेको छ । कोङ यीजी शिक्षित भएको कारणले होइन, तर उनले आफ्नो अवस्था परिवर्तन गर्न शारीरिक श्रम प्रयोग गर्न अस्वीकार गर्दै विद्वानको घमण्डी शैलीलाई छोड्न नसक्ने कारणले कठिनाइमा परेका थिए। । सरकारी सञ्चारमाध्यमले पनि रोजगारी नपाउनुको दोष युवालाई नै थोपरेका छन् । उनीहरूले युवाहरूलाई जागिरको बारेमा धेरै छनौट गर्ने भएको भन्दै श्रृंखलाबद्ध लेखहरूको प्रकाशित भएका छन् र उनीहरूलाई आफ्नो घमण्डलाई त्यागेर शारीरिक श्रम गर्न आग्रह गरेका छन् ।

राज्यद्वारा संचालित सञ्चार माध्यमले यस प्रकारको भ्रमित समाचारको चिनियाँ नागरिकहरू आफ्नो रोष सामाजिक सञ्जालमा पोखेका छन् । एक ब्लगरले लेखेका छन्— अर्थव्यवस्था शौचालयमा छ, र बेरोजगारी गम्भीर छ।

पछिल्लो तथ्यांकले कोभिड महामारीपछि युवा बेरोजगारी बढेको देखाउँछ । २०२० अघि, यो संख्या लगभग १० प्रतिशत थियो। राष्ट्रपति सीको शून्य–कोभिड नीतिका कारण भएको नाकाबन्दीले चीनभरि साना र मध्यम आकारका व्यवसायहरूलाई ध्वस्त पारेको छ, जुन सामान्यतया सहरी रोजगारीको दुई तिहाइ भन्दा कम हुनेछ ।

चीनको अर्थतन्त्र आउँदो महिनाहरूमा सुदृढ हुने अपेक्षा गरिएको छ, उपभोक्ताहरूले ठूला संख्यामा खरिदहरू गर्नको लागि पर्याप्त विश्वस्त महसुस नगरेसम्म पुर्न चलायमान हुने छैन् यसैबीच, सम्पत्ति, प्राविधिक र शिक्षा क्षेत्रहरूमा चीनको नाकाबन्दीको मतलब यो पनि हो कि नयाँ स्नातकहरूको यी परम्परागत रोजगारदाताहरू कटौती गर्दै छन, विशेष गरी प्राविधिकमा देखिने सामूहिक कटौतीको थप समस्या हुनेछ ।

अलिबाबाले गत वर्ष मात्र कम्तिमा १५,००० रोजगारी कटौती गरेको छ। त्यसमा विश्वव्यापी आर्थिक मन्दी र चीन विरुद्ध बढ्दो भूराजनीतिक अवस्था थप कारण हो । काइक्सिनका अनुसार चीनका शीर्ष १०० कम्पनीमध्ये दुई तिहाइभन्दा केही कमले आफ्नो स्नातक रोजगारी कोटा कटौती गरेका छन् ।

घरेलु बेरोजगारी कम गर्न, केन्द्र र स्थानीय सरकारहरूले राज्य–वित्त पोषित रोजगार कार्यक्रम तथा राज्य—स्वामित्वका उद्यमहरूलाई नयाँ स्नातक रोजगारी गर्न प्रोत्साहन गर्ने जस्ता उपायहरू ल्याइरहेका छन् । आर्थिक मन्दी र स्थानीय वित्तीय कठिनाइहरूको बाबजुद विज्ञहरूले कलेजका विद्यार्थीहरूको बढ्दो बेरोजगारी संख्यालाई आत्मसात गर्न सार्वजनिक क्षेत्रको प्रयास पर्याप्त नभएको बताएका छन् । चीनले निजी व्यवसायहरूलाई कसरी प्रोत्साहन र विश्वास कायम राख्ने भन्नेमा ध्यान केन्द्रित दिनुपर्नेछ ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्