सकियो राष्ट्रिय सहकारी बैंकद्वारा सञ्चालित नेपाल लेखामान तालिम
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा शनिवार देखि सञ्चालित तीन दिवसीय नेपाल लेखामान तालिम सोमबार सकिएको छ । सहकारी संस्थाहरुको लेखा व्यवस्थापनमा एकरूपता कायम गरी स्तरीय लेखा व्यवस्थापन मार्फत कानुनी परिपालनामा सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।
तालिम समापनको अवसरमा बोल्दै बैंकका सञ्चालक ध्रुवराज विष्टले नेपालको सहकारी क्षेत्रमा वित्तीय विवरण तयार पार्दा अपनाउनुपर्ने लेखाका सिद्धान्त तथा मानहरू तयार गर्नको लागि बैंकले तालिम सञ्चालन गरेको बताए । नेपालको सहकारी क्षेत्रमा पहिलो पटक आयोजना भएको तालिममा चार्टड एकाउन्टेनहरु (सिए) राजकुमार फुयाँल र सुदिप घिमिरेले सहजीकरण गरेका थिए ।
तालिममा लेखामानका ४१ शीर्षकहरूमा छलफल भएको थियो । तालिममा देशभरका विभिन्न ४१ सहकारी संस्थाहरूबाट प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापक, लेखा अधिकृत सहित संस्थामा लेखा हेर्ने ४५ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
ताजा खबर
- १ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’
- २निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप
- ३एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित
- ४बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- ५उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन



तपाईको कमेन्ट लेख्नुहोस्