मृगौला पिडित बिरबहादुर बोहरालाई सांसद केसीको आर्थिक सहयोग
काठमाडौं । रुकुमपूर्व प्रदेश सभा २ का सांसद धनबहादुर केसीले काठमाडौंमा उपचाररत एक मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन् ।
सोमबार काठमाडौंको वीर अस्पतालमा पुगेर रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ का बिरबहादुर बोहरालाई सांसद केसीले ५० हजार सहयोग गरेका हुन् ।
बोहरा लामो समयदेखि दुवै मृगौला फेल भई उपचाररत छन् । उनले आमाले मृगौला दिएपछि केहि दिनअघि मृगौला प्रत्यारोपण गरेका थिए । बोहराको उपचारमा कुनै कमी हुन नदिन सांसद केसीले चिकित्सकहरूलाई आग्रह गरेका थिए ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्