सहकारी बैंकको साझेदारीमा तीन जिल्लाका सहकारीकर्मीलाई कोपोमिस तालिम
ललितपुर । जिल्ला सहकारी संघ लिमिटेड पाँचथरको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड फिदिम शाखाको साझेदारीमा तीन जिल्लाको सहकारी संस्थाका व्यवस्थापक तथा लेखा हेर्ने कर्मचारीहरूलाई लक्षित गरी आयोजना गरिएको सहकारी संघ संस्थाको एकीकृत विद्युतीय व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम सम्पन्न भएको छ ।
तालिममा ताप्लेजुङ्ग , तेह्रथुम र पाँचथरका २१ जनको सहभागिता रहेको थियो । तालिमको राष्ट्रिय सहकारी बैंकको फिदिम शाखाका प्रमुख सुमन कुमार श्रेष्ठले कोपोमिसमा आबद्धताको विषयमा सहजीकरण गरेका थिए ।
संघका अध्यक्ष रेणु प्रसाद ओझाको अध्यक्षता तथा फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्लेको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको थियो ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ताजा खबर
- १पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- २एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
- ३१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- ४रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ५काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव



तपाईको कमेन्ट लेख्नुहोस्