राष्ट्रिय सहकारी बैंकको कर्मचारीहरूका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन
ललितपुर । राष्ट्रिय सहकारी बैक लिमिटेडको केन्द्रीय कार्यालय तथा उपत्यका भित्रको शाखा कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको निरन्तर क्षमता अभिवृद्धि तालिम काठमाडौँमा सुरु भएको छ ।
बैंकको सेवालाई सक्षम, सुदृढ र उत्तरदायी बनाई, सेवाको प्रभावकारिता अभिवृद्धि गरी कर्मचारीहरूमा रहेको ज्ञान, सीप र क्षमतालाई समय सापेक्षरुपमा प्रवर्द्धन गर्दै आचरणमा समेत सुधार ल्याई सदस्यमैत्री कार्य गर्नको लागि सहायक तहका कर्मचारीहरूको क्षमता अभिवृद्धि गरी बैंकको सेवालाई थप प्रभावकारी बनाउन तथा समन्वयकारी भूमिका निर्वाहको लागि तालिम आयोजना गरिएको बैंकले जनाएको छ ।
शनिवार सम्म सञ्चालन हुने तालिम कार्यक्रममा सहायक स्तरका २८जना कर्मचारीहरूको सहभागिता रहेको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा खबर
- १तारिख बुझ्न अदालत पुगेका रवि लामिछानेले भनेः ओलीले लगाएको ‘गुन’ तिर्दैछु
- २रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह
- ३विदेशबाट मतदान तथा अन्तर क्षेत्र निर्वाचनको कानुनी मस्यौदा तयार, होला त सम्भव ?
- ४सहकारी ठगी प्रकरणः छविलाल जोशी पनि धरौटीमा रिहा
- ५ओलीमाथी खनिए रबि,चुनाव जितेर देखाउन चुनौती !



तपाईको कमेन्ट लेख्नुहोस्