दोस्रो जी–२० पर्यटन कार्य समूहको बैठक दार्जिलिङको सिलिगुडी हुँदै
नयाँ दिल्ली । जी–२० सम्मेलन अन्र्तगत दोस्रो पर्यटन कार्य समूहको बैठक अप्रिल १ देखि दार्जिलिङको सिलिगुडीमा हुने भएको छ। पहिलो बैठक गुजरातको कचमा भएको थियो । दोस्रो बैठकमा सबै जी–२० सदस्यहरू, आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूले पर्यटन कार्य समूहका पाँच प्राथमिकताहरूका विशेष छलफल गर्नेछन्। ‘बैठकमा २९ भन्दा बढी देशका ६० अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी हुनेछन् ।
पर्यटन कार्य समूहका पाँच प्राथमिकताहरूमा हरित पर्यटन, डिजिटलाइजेशन, सीप, पर्यटन एमएसएमई, गन्तव्य व्यवस्थापन रहेको छन् । यस्तै, भारत सरकारको पर्यटन मन्त्रालयले दिगो विकास लक्ष्यहरू हासिल गर्ने माध्यमको रूपमा साहसिक पर्यटन सम्बन्धी एक कार्यक्रम पनि आयोजना गर्दैछ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्